कञ्चनपुरमा जबरजस्ती करणीपछि गर्भपतन गराउने विरुद्ध तोकियो मुद्दाको पेसी

Call24News

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयका प्रमुख (वार्डेन) शंकरबहादुर चन्द पुर्पक्षका लागि कारागार छन्।

जिल्ला अदालत कञ्चनपुरले जबरजस्ती करणी र गर्भपतन कसुरमा चन्दलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो। जिल्ला अदालत कञ्चनपुरले अभियुक्त चन्दलाई बाल यौन दुरुपयोग मुद्दामा धरौटी माग तथा जबरजस्ती करणी र गर्भपतन मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरेको हो। वार्डेन चन्दमाथि अनाथालयमा बस्दै आएका अनाथ नाबालिकाहरुलाई जबरजस्ती करणी गरेर गर्भपतन गराएको आरोप छ।

khadya

अनाथालयका अन्य बालबालिकाहरु विद्यालय गएको समयमा अफिस कोठामा बोलाई चकलेट/चाउचाउ दिन्छु भन्दै पटकपटक अनाथालयमा बस्ने नाबालिकाहरुलाई यौन दुव्र्यवहार र जबरजस्ती करणी गर्ने गरेको आरोप छ। चन्दले अनाथालयमा बस्ने तीन जना बालिकामध्ये एकलाई यौन दुव्र्यवहार र जबरजस्ती करणीको शिकार भएका दुईमध्ये एकको गर्भपतन गराएका थिए। १४ वर्षीया बालिकासँगको अनैतिक सम्बन्धमा गर्भ रहेको थियो।

त्यसपछि वार्डेन चन्दले औषधि सेवन गराएर गर्भपतन गराएका थिए। त्यसपछि घटना बाहिरिएको थियो। २०७९ माघ १७ गते चन्द पक्राउ परेपछि अन्य बालिका पनि उनी विरुद्ध प्रहरीको सम्पर्कमा पुगेका थिए। जबरजस्ती करणीपछि गर्भपतनसमेत गराएपछि चन्द विरुद्ध २०७९ फागुन १४ गते जिल्ला अदालत कञ्चनपुरमा जबरजस्ती करणी र गर्भपतन सम्वन्धित कसुरमा मुद्दा दायर गरिएको थियो।

सो मुद्दाको पेसी जिल्ला अदालत कञ्चनपुरले तोकेको भए पनि जिल्ला सरकारी वकिल कार्यालयबाट आज (बुधबार) का लागि स्थगित गरेको छ। यस्तै जबरजस्ती करणी उद्योगमा अर्की महिलाले केशवसिंह धामीको नाममा दायर गरेको मुद्दाको पेसी पनि बुधबारका लागि तोकिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार