पत्रकारमाथिको गालीगलौजमा उत्रिए एसपी कमल थापा

Call24News

काठमाडौं : नेपाल प्रहरीको एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) बढुवा प्रक्रियामा विवादित एसपी कमल थापा र प्रकाश रानाभाट छुटेका छन्। सोमबार बसेको बढुवा समितिको बैठकले २०५६ र २०५८ सालका ब्याचका २५ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको भए पनि विवादित गतिविधिमा मुछिएका यी दुई अधिकारी सिफारिस सूचीमा परेनन्।

थापा सुदूरपश्चिमको कञ्चनपुरमा कार्यरत हुँदा र भैँसेपाटी हनी ट्र्याप प्रकरणमा विवादमा तानिएका थिए। त्यस्तै, रानाभाट धनुषामा कार्यरत हुँदा विवादित बनेका थिए। यी दुवै जनामाथि अनुसन्धान र कारबाहीका लागि सिफारिस गरिएको कारण उनीहरूको बढुवा रोकिएको बताइएको छ।

Seti Hospital

बढुवा रोकिएपछि एसपी थापाले आफ्नो आक्रोश सामाजिक सञ्जालमा पोखेका छन्। उनले नेपाल पत्रकार महासंघ कैलालीका सदस्यसमेत रहेका टेकसिंह धामीले फेसबुकमा विवादित एसपी थापा एसएसपी बन्न पाएनन् भन्ने विषयमा स्टाटस लेख्दा प्रतिक्रिया (कमेन्ट) मार्फत अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका छन्। थापाका गतिविधिबारे अघिदेखि नै समाचार प्रकाशित गर्दै आएको थियो।

पत्रकारमाथिको गालीगलौजप्रति सरोकारवाला विभिन्न पक्षले आलोचना गरेका छन्। यो घटनाले प्रहरी प्रशासनभित्रको अनुशासन र नेतृत्वको छवि माथि प्रश्न उठाएको छ।

उता नेपाल प्रहरीका प्रमुखसमेत रहेका आईजीपी बसन्त बहादुर कुँवरले भने थापा बढुवाकै विषयलाई लिएर आफूप्रति पनि आक्रोशित भएको बताए। उनले पत्रकारलाई गालीगलौज गरेको विषयमा आफ्नो ध्यानाकर्षण पनि भएको बताउँदै आवश्यक कानुनी कारबाहीमा अगाडि बढ्न सुझाए।

२०७५ फागुनअघि एसपी भएका सबै अधिकारीहरूलाई वरीयताको आधारमा बढुवा गरिएको भए पनि विवादमा मुछिएका कारण थापा र रानाभाट सिफारिसमा नपरेका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार