आज अछाममा मनाइयो दशौँ राष्ट्रिय योग दिवस

अछाम : ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज दशौँ राष्ट्रिय योग दिवस मनाइएको छ।

प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालको अध्यक्षतामा मनाइएको योग दिवसमा पतञ्जलि योग समिति अछामका योग प्रशिक्षक जयबहादुर बोगटी, अछाम जिल्ला महिला योग प्रभारी गीता हमाल, महामन्त्री विशेश्वरप्रसाद ढुङ्गानाले योगका बारेमा जानकारी दिनुका साथै योग प्रशिक्षण दिए।

SHIKHAR COOL TECH

प्रमुख जिल्ला अधिकारी लम्सालले योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने बताए। शारीरिक र मानसिक रुपले स्वस्थ रहन योग महत्वपूर्ण माध्यम भएको उनले बताए। योग दिवसमा उपस्थित सबैलाई जङ्गली तरुल, तिलको लड्डु र चाकु खुवाएर शुभकामना आदानप्रदान गरिएको जिल्ला आयुर्वेद केन्द्रका प्रमुख दीपकराज पन्तले बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार