योग उपचारको निम्ति छुट्टै अस्पताल जरुरी : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्ने काम सुरु गरेको बताएका छन् । राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले उपचार कसरी गर्ने ? भन्नेबारेमा केही हदसम्म चिन्तन गरिएको भएपनि रोग नै लाग्न नदिने कुरामा ठोस काम गर्न नसकेको बताए । उनले स्वस्थ नेपाली र स्वस्थ नेपाल निर्माण गर्न सबैले एकताका साथ काम गर्नुपर्ने जरुरी रहेको बताए । उनले रोग जानेर कसैले नबोक्ने भन्दै रोग लाग्न नदिने गरी जागरूक अभियान सञ्चलन गर्न आवश्यक रहेको बताए ।

khadya

निरोधात्मक क्षेत्रमा गर्नुपर्ने कामको सुरुवात समेत गर्न नसकेको अवस्था रहेको बताए । मानसिक रोगको समस्याबाट धेरै मानिसहरु ग्रस्त भएका उल्लेख गर्दै भिडभाड, स्वार्थ, अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई अस्वस्थ बनाएको बताए । यसको उपचारात्मक विधि योग र आयुर्वेदसँग जोड्नुपर्ने बताए ।

उनले भने ‘उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ । त्यसैले हामी कोही बिरामी भयौँ । उसको उपचार कसरी गर्ने ? भन्नेबारेमा केही हदसम्म चिन्ता गरेको स्थिति छ । तर बिरामी हुन नदिने भन्नेबारेमा हामीले ठोस काम गर्न सकेका छैनौँ । यसरी नै बिरामी बढ्दै जाने हो भने हामीले उपचार गर्न सक्दैनौँ ।

त्यसैले स्वस्थ नेपाली र स्वस्थ नेपाल निर्माण गर्नका निम्ति मान्छेले रहरले रोग बोकेको हुँदैन । नजानेर बोकेको हुन्छ । कसैलाई पनि क्यान्सर बोक्ने रहर हुँदैन, कसैलाई पनि किड्नीमा समस्या बोकेर बाँच्ने रहर हुँदैन । तर क्यान्सर शरीरमा प्रवेश गर्न नदिने कसरी हो त्यो जान्न जरुरी छ । किड्नी स्वस्थ कसरी राख्ने ? त्यो जान्न जरुरी छ । मुटु कसरी स्वस्थ राख्ने, सुखी हुने कसरी त्यो पनि जान्न जरुरी छ ।

निरोधात्मक क्षेत्रमा हामीले जति काम गर्नुपर्ने हो त्यसको सुरुवात पनि गर्न सकिरहेका छैनौँ । मानसिक रोगको समस्याबाट धेरै मानिसहरु ग्रस्त भएका छन् । यो कोलाहल, भिडभाड, स्वार्थ, अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई अस्वस्थ बनाएको छ । यसलाई कुन माध्यमबाट हल गर्ने ? यसको उपचारात्मक विधि हामीले अपनाइरहेको सेवासँग जोडिनु हुँदैन । यसको उपचारात्मक विधि योग, आयुर्वेदसँग जोडिनुपर्छ ।’

मन्त्री पौडेलले सरकारले योगको पाठ्यक्रम विकास गर्न चाहेको बताए । योग उपचारको निम्ति छुट्टै अस्पताल बनाउने व्यवस्था गर्न जरुरी रहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार