धनगढी: धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका अध्यक्ष देव बहादुर बम राष्ट्रिय आवास बिशिष्टिकृत सहकारी संघको प्रथम उपाध्यक्ष निर्वाचित भएका छन् ।
शुक्रबार काठमाण्डौमा सम्पन्न संघको चौथो अधिवेशनबाट बम प्रथम उपाध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् । देशका १ अर्ब भन्दा बढी लगानी भएका २५ वटा सहकारीहरु संघमा आवद्ध रहेका छन ।
जसमध्ये सुदूरपश्चिमबाट दुईओटा सहकारीहरु आवद्ध छन । जसमा नवजीवन र किसान बहुउद्देश्यीय सहकारी संस्था रहेका छन । दुई उपाध्यक्ष रहेको संघमा बम प्रथम उपाध्यक्षमा निर्वाचित भएका हुन ।
प्रतिक्रिया दनुहोस्