डोटीको पुरानो शैक्षिक संस्था सिताराम स्कुलमा पूर्व विद्यार्थी समाज गठन 

डोटी । सिताराम माध्यामिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले पूर्वविद्यार्थी समाज गठन गरेका छन् । डोटी शिखर नगरपालिका वडा नम्बर ९ स्थित जिल्लाकै पुरानो शैक्षिक संस्था सितारामका पूर्व विद्यार्थीहरुले समाज गठन गरेका हुन् । समाजको शनिबार पहिलो साधारण सभा सम्पन्न भएको छ । 

तदर्थ समितिका अध्यक्ष लाल बहादुर कडायतको अध्यक्षतामा सम्पन्न भएको साधारण सभा कार्यक्रममा प्रमुख अतिथि विद्यालयका पूर्व प्रधानाध्यापक लोकराज पन्त रहेका थिए ।

SHIKHAR COOL TECH

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा.डा. हेमराज पन्त, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज पन्त लगायत विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

समाजको प्रथम साधारण सभाले पुनः लाल बहादुर कडायतलाई नै अध्यक्ष चयन गरेको छ । कडायत विद्यालयका पूर्व प्रधानाध्यापकसमेत हुन् । त्यस्तै समाजको वरिष्ठ उपाध्यक्षमा भीम बहादुर बलायर, उपाध्यक्षमा कृष्ण बोहोरा, सचिवमा जयराज ओझा, कोषाध्यक्षमा वीर बहादुर कुँवर चयन भएका छन् । 

सिताराम विद्यालयको स्थापना २०१७ सालमा भएको हो । उक्त विद्यालयमा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, एमाले सचिव लेखराज भट्ट, काँग्रेस नेता वीर बहादुर बलायरले अध्ययन गरेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार