मकवानपुर : पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित डिपार्टमा दुई वटा सवारी एक आपसमा ठोक्किँदा आठ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो १ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कोर्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा१६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किँदा आठ जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटाको कमान्डमा खटिएको टोलीले दुर्घटनाका घाइतेको उद्धार गरेका छन् । दुर्घटनामा दुवै सवारीका चालक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार घाइते सबैको अवस्था गम्भीर छ ।
प्रतिक्रिया दनुहोस्