बैतडीका हिक्मत भारतमा मृत फेला

बैतडी : बैतडीका हिक्मत लुहारको भारतमा मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा बस्दै आएका सुर्नया–७ पत्थरकोटका अन्दाजी ४५ बर्षीय हिक्मत लुहारको मृत्यु भएको हो ।

परिवारसहित बेंगलोरमा बस्दै आएका लुहारको सोमबार राति मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । एक्कासी बिरामी भएका लुहारको मृत्यु भएको बताइएको छ ।

khadya

मृतक लुहारका श्रीमति, दुई छोरी र एक छोरा रहेका छन् । रोजगारी गर्दै आएका लुहारको मृत्यु भएपछि उनको परिवारको विचल्ली भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार