शीतलहरका कारण पूर्व-पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित

काठमाडौं : शीतलहरका कारण बाटो चिप्लो हुँदा गएराति नवलपरासी पश्चिमस्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

नवलपरासीको बर्दघाट नगरपालिका-४ खुर्सानी खोलास्थित पूर्व-पश्चिम राजमार्गमा हुस्सु र शीतलहरले गएराति १ बजेर ४० मिनेटदेखि अवरुद्ध भएको हो ।

Seti Hospital

हुस्सु र शीतलहरका कारण बाटो चिप्लो हुँदा यातायात सञ्चालन गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी रेशम बोहराले ​बताए ।

बिहान सवा ३ बजेदेखि एकतर्फी बाटो खुलाए पनि चिप्लोका कारण मालबाहक सवारी सञ्चालनमा अझै कठिनाइ रहेको उनले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार