कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट प्रहरीले एक लाख बढीको अवैध सामान बरामद गरेको छ । कृष्णपुर नगरपालिका – ९ लालझाडी स्थित लालझाडी जंगल र बेलौरी नगरपालिका – १० भुँडाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको हो ।

जसअन्तरगत १ लाख ३८ हजार ३६५ रुपैयाँ बराबरको बिडी, सुर्ती, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र, मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार