राधाकृष्ण माविको ५५औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

डोटी । राधाकृष्ण माध्यामिक विद्यालयले ५५औँ वार्षिकोत्सव मनाएको छ । डोटीको शिखर नगरपालिका वडा नम्बर ५ स्थित उक्त विद्यालयले नगर प्रमुख, उपप्रमुख, शिक्षा अधिकृत, जनप्रतिनिधि, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, हालका पदाधिकारी र सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा सरस्वती माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक गंगाराम भट्टले एसइईमा सर्वोत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेका छन् ।

khadya

त्यस्तै पूर्व शिक्ष भीम बहादुर अधिकारीले स्वर्गीय आमा धनादेवी अधिकारीको सम्झनामा गरिब, जेहेन्दार र टुहुरा बालबालिकालाई अक्षयकोष स्थापना गरी सहयोग गर्ने घोषणा गरेको विद्यालयका शिक्षक उत्तम बहादुर ऐरले जानकारी दिएका छन् ।

ऐरका अनुसार कार्यक्रममा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख अधिकृत शेर बहादुर कार्कीले ५० हजार ५५ रुपैयाँ आर्धिक सहयोग गरेका छन् भने पूर्व प्रधानाध्यापक उत्तम बहादुर ऐरले पनि एसइई र १२ कक्षाबाट सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरुप नगद रु २ हजार ५ सय ५ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

यता रामचन्द्र ओझा तथा धर्मराज ओझाले पनि आफ्ना आमाबुवाको नाममा एक लाखको अक्षयकोष स्थापना गरेका छन् । उक्त रकमको ब्याजबाट आउने रकम गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने घोषणा गरेका छन् । कार्यक्रममा विद्यालयका लेखापाल दीर्घ बहादुर बोहोराले आर्थिक वर्ष २०८०÷८१ को आर्थिक कारोबार प्रस्तुत गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार