नागरिकको ज्यानभन्दा ठुलो सरकार र दम्भ हुन सक्दैन : सांसद बराल

काठमाडौँ। नेकपा (एमाले) की सांसद एशाेदा बरालले विपद्को समयमा सरकारले देखाएको सुस्तता र एकद्वार प्रणालीका नाममा भएको ढिलासुस्तीप्रति कडा आपत्ति जनाएकी छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै उनले नागरिकको जीवन रक्षाभन्दा ठुलो अर्को कुनै प्राथमिकता हुन नसक्ने बताइन्। 

सांसद बरालले जलविद्युत् आयोजनाको सुरुङभित्र अझै पनि नागरिकहरू जीवितै हुन सक्ने भन्दै तत्काल खोजी र उद्धार कार्य अघि बढाउन माग गरिन्। 

‘कर्णालीका केही मानिसहरू त्यहाँबाट भागेर मलाई भेट्न आउनुभएको थियो, उहाँहरूका अनुसार सुरुङभित्र दुई तले भवनजस्तो संरचना छ जहाँ मानिसहरू बस्ने व्यवस्था छ,’ उनले भनिन्, ‘त्यहाँभित्र अझै पनि मानिसहरू जीवित हुन सक्ने आशा छ। सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन।’

सरकारले ल्याएको एकद्वार प्रणालीका कारण पीडितहरूले समयमा राहत पाउन नसकेको र जनता भोकभोकै बस्नुपरेको उनले दाबी गरिन । ‘सरकारले आफ्नो दम्भ त्यागेर नागरिकको ज्यान बचाउन लाग्नुपर्छ। न सास भेटिएको छ, न लास, न बस्ने बास छ,’ उनले भावुक हुँदै भनिन्, ‘अभिभावकहरू विचलित छन्, सरकारको ध्यान यतातर्फ किन जाँदैन ?’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार