बाजुरा । बाजुराको खप्तडछेडेदह गाउँपालिका-६ स्थित छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
प्रहरीका अनुसार खप्तडछेडेदह गाउँपालिका-७ निवासी माने कठायतकी श्रीमती अन्दाजी ६२ वर्षीया धरुदेवी कठायत गत साउन १७ गते साँझ करिब ६ बजे घरमा कसैलाई जानकारी नदिई निस्किएकी थिइन्।
त्यसपछि उनी बेपत्ता भएकी थिइन्। उनी हिजाे दिउँसो करिब २:३० बजे खप्तडछेडेदह गाउँपालिका-६ स्थित छेडेदह तालमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी दोगडीबाट प्रहरी सहायक निरीक्षक धर्मानन्द पन्तको कमाण्डमा पाँच सदस्यीय टोली घटनास्थल पुगेको थियो।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक गगनसिंह भाटको कमाण्डमा सात सदस्यीय टोली समेत खटिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।




प्रतिक्रिया दिनुहोस्