गेटा अस्पतालमा एक वर्षमा ४४ हजारले लिए ओपिडी सेवा, ४५२ जनाको शल्यक्रिया

धनगढीः सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सञ्चालित गेटा अस्पतालमा एक वर्षमा ४४ हजार ११० जनाले ओपिडी सेवा लिएका छन् । २०८१ कार्तिक १ गते देखि सञ्चालित यस अस्पतालमा आर्थिक वर्ष २०८२÷०८३ मा उक्त सङ्ख्यामा ओपिडी सेवा लिएका हुन ।

ओपिडी सेवा लिने मध्ये जनरल मेडिसिनका १० हजार २०५ जना, अर्थोपेडिक्स (हाडजोर्नी) का ७ हजार ३०९, कार्डियोलोजी (मुटुरोगी) का ३ हजार ८५१ जनाले सेवा लिएको अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीले बताए । यस्तै एक वर्षको अवधिमा जनरल सर्जरीका ३ हजार २४३, इएनटी ( नाक कान घाटी) का ३ हजार १८१, स्त्री तथा प्रसूति रोगका ३ हजार २४३, छाला रोगका २ हजार ९३६, बाल रोगका २ हजार ३२३, मानसिक रोगका ८३३, दन्त सेवाका १ हजार ६८७, आँखाका ४७४, युरोलोलीका २२३, सामान्य ओपिडीमा १ हजार ५६४ जनाले सेवा लिएका छन् । सूचना अधिकारी कार्कीका अनुसार एक वर्षको अवधिमा इमर्जेन्सीमा २ हजार ८३८ जना गरी जम्मा जम्मा ४४ हजार ११० जनाले सेवा लिएका छन् ।

यस्तै अस्पतालमा एक वर्षको अवधिमा ९६७ जनाको (इनडोर) भर्ना गरेर सेवा दिइएको छ । अस्पतालमा आएका १९ हजार ९५१ जनाले प्रयोगशाला परीक्षण सेवा, ११ हजार ४६७ जनाले एक्स–रे सेवा, ४ हजार २२४ जनाले अल्ट्रासाउन्ड सेवा, २ हजार ५७५ जनाले इको सेवा, ५ हजार ७३१ जनाले इसीजी सेवा, १३३ जनाले म्यामोग्राफी सेवा र २४५ जनाले इन्डोस्कोपी सेवा लिएका छन् ।

अस्पतालमा ४५२ जनाको शल्यक्रिया गरिएको छ । जसमा ७३ जनाको ठुलो शल्यक्रिया, १८३ जनाको मध्यम शल्यक्रिया, १९६ जनाको सानो शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी कार्कीले बताए । यस्तै अस्पतालमा २ हजार १९५ जनाको फिजियोथेरापी, ४०२ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको छ । एक वर्षको अवधिमा ४९ हजार ७८२ जनाले अस्पतालको फार्मेसीबाट सेवा लिएका छन् ।

गेटा अस्पताल ५० शय्या जनरल बेड सँगै १० बेडमा आइसियु सेवा सञ्चालनमा रहेको छ । अस्पतालमा सुविधा सम्पन्न ओटी सँगै प्रयोगशाला भए पनि बिरामीको चाप भने अझै अपेक्षाकृत रूपमा बढ्न सकेको छैन ।

सरकारले असार २४ गते मन्त्रिपरिषद् बैठकबाट गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने अनुमति दिइसकेको छ । सरकारले गेटामा यसै वर्ष एमबिबिएस लगायतका शैक्षिक कार्यक्रम सँगै ३ सय शय्याको अस्पताल पनि सञ्चालन गर्ने तयारी गरिएको छ । जसका लागि गेटामा हालै सरकारले उपकुलपति, रजिस्ट्रार नियुक्त गरिसकेको छ भने अन्य कर्मचारी पनि नियुक्तिको प्रक्रियामा रहेको छ ।

विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि यस वर्ष सरकारले २ अर्ब ५३ करोड रकम पनि विनियोजन गरिसकेको छ । कैलाली क्षेत्र नम्बर ४ का सांसद खेम राज कोइरालाले गेटामा विश्वविद्यालय सञ्चालनका लागि यस क्षेत्रका सबै सरोकारवालाहरू सँगको सहकार्यमा काम अघि बढिरहेको बताए । उनले चालु आर्थिक वर्षको लागि बजेट सुनिश्चितता भइसकेकाले यसै शैक्षिक सत्रबाट ४ विधामा अध्यापन सुरु हुने बताए । उनले निकट भविष्यमा एमडीको पनि अध्यापन गर्ने तयारी गरिएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार