को-को सहभागी हुँदै छन् देउवा पक्षको भेलामा ? 

काठमाडौँ — कांग्रेस पूर्वसभापति शेरबहादुर देउवापक्षले साउन २९ देखि ३१ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय भेलामा पार्टीका विभिन्न तहका निर्वाचित नेता, जनप्रतिनिधि, पूर्वपदाधिकारी, शुभेच्छुक तथा विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधिसमेत सहभागी हुने भएका छन्।

भेला आयोजक पक्षले सार्वजनिक गरेको विवरणअनुसार भेलामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्व केन्द्रीय पदाधिकारी तथा सदस्य, कांग्रेसबाट निर्वाचित वा नियुक्त भएका पूर्वमन्त्री तथा पूर्वसांसदलाई आमन्त्रण गरिएको छ।

त्यस्तै, सातै प्रदेश समितिका सभापति तथा पदाधिकारी, जिल्ला कार्यसमितिका सभापति र पदाधिकारी, महानगर कार्यसमितिका सभापति, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका सभापति, प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापति, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरू पनि भेलामा सहभागी हुनेछन्।

आयोजकका अनुसार कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, विदेशस्थित नेपाली जनसम्पर्क समितिका प्रमुख तथा प्रतिनिधि, नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका अग्रज नेता, लोकतान्त्रिक आन्दोलनसँग जोडिएका विशिष्ट लेखक, पेशागत बुद्धिजीवी तथा सञ्चारकर्मीलाई पनि भेलामा सहभागी गराइनेछ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनले पूर्वमहामन्त्री शशांक कोइरालालाई राष्ट्रिय भेला मूल आयोजक समितिको संयोजक तोकेको थियो । पार्टीभित्र सम्पूर्ण एकताका लागि निरन्तर पहल गरे पनि पदीय जिम्मेवारीमा रहेका नेताबाट सार्थक भूमिका नदेखिएको निष्कर्षसहित नेता–कार्यकर्ता, जनप्रतिनिधि, समर्थक तथा शुभेच्छुकमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको कुरा त्यस अवसरमा कोइरालाले बताका थिए । 

यसअघि असन्तुष्ट पक्षको गतिविधिको नेतृत्व तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्दै आएका थिए। खड्का र नेता शेखर कोइरालाले स्वयं संयोजक बन्न नचाहेपछि शशांकलाई उक्त जिम्मेवारी दिइएको असन्तुष्ट पक्षका एक नेताले बताए । पत्रकार सम्मेलनमा र शेखर कोइराला अनुपस्थित रहेका थिए । उनीहरूबाहेक अन्य शीर्ष नेताहरूको भने उपस्थिति थियो । 

आयोजक पक्षले साउन २९ सम्म पार्टी एकताको कुनै सहमति नभए शशांक कोइरालाको नेतृत्वमा नयाँ राजनीतिक दल गठन गर्ने तयारीसमेत अघि बढाइने संकेत गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार