कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकामा सार्वजनिक पुलमुनि लुकाइराखिएको अवस्थामा बेवारिसे भरुवा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त हतियार बरामद गरेको हो।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका १ र ३ को सिमानास्थित बाराकुण्डाबाट विष्णु मन्दिर जाने बाटोमा पर्ने तुम्डी खोलाको पुलमुनि लुकाइछिपाइ राखिएको एक थान एकनाले भरुवा बन्दुक फेला पारिएको हो।
सार्वजनिक स्थल तथा पुलमुनि हतियार कसले र के उद्देश्यले लुकाएको हो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटना शंकास्पद रहेको जनाउँदै यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ।




प्रतिक्रिया दिनुहोस्