सुनसरीमा दुवै मृतकका परिवारलाई भेट्दै गृहमन्त्री गुरुङ

१४ साउन, काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सुनसरी घटनामा ज्यान गुमाएका दुवै व्यक्तिको परिवारलाई भेट्ने भएका छन् । गृहमन्त्री गुरुङ आजै सुनसरी जाँदैछन् ।

मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्नेछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गुरुङसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि सुनसरी जानेछिन् । सुनसरी मन्त्री मेहताको गृहजिल्ला हो ।

केहीबेरअघि तराईका घटनाका विषयमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरुङबीच छलफल भएको छ । उक्त छलफलपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज जान लागेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार