धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

धनगढी: कैलालीको धनगढीमा राजसंस्थाको पुनःस्थापनाको माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको छ। ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्ने नारासहित धनगढी उपमहानगरपालिका–५ स्थित एक्सिस चोकबाट बुधबार अभियानको सुरुवात गरिएको हो।

अभियान स्थानीयवासीको सक्रिय सहभागितामा सञ्चालन गरिएको जनाइएको छ। अभियानको संयोजन अखण्ड सुदूरपश्चिम अभियानका अभियन्ता तथा नेपाली कांग्रेसका युवा नेता गोपाल देउवासहितको टोलीले गरेको बताइएको छ।

अभियन्ता देउवाका अनुसार हस्ताक्षर अभियान कुनै व्यक्ति वा राजनीतिक दलविरुद्ध लक्षित नभई मुलुकमा राष्ट्रिय एकता, स्थायित्व र सुशासनको आवश्यकता औँल्याउने उद्देश्यले सञ्चालन गरिएको हो।

आयोजकहरूले अभियानलाई धनगढीमा मात्र सीमित नराखी कैलालीका अन्य स्थानमा समेत विस्तार गर्दै थप हस्ताक्षर संकलन गर्ने योजना रहेको बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार