काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकार गठनका लागि भएको ३ बुँदे समझदारीप्रति नेकपाका सहसंयोजक माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् ।
माधव नेपाल निकट नेताहरूका अनुसार उक्त सहमति सत्ता बाँडफाँडमा मात्र केन्द्रित भएको र साझा नीति, कार्यक्रम तथा जनतामुखी प्राथमिकता तय नगरेकाले परिपक्व नभएको उनको धारणा छ ।
नेपालले कार्यगत एकतासँगै भावी वाम एकताको स्पष्ट रोडम्याप र नयाँ सरकारले गर्ने कामको प्राथमिकता पनि सार्वजनिक हुनुपर्नेमा जोड दिएका छन् ।
शनिबार भएको ओली–प्रचण्ड सहमतिका बेला भने माधव नेपाल उपस्थित थिएनन् ।




प्रतिक्रिया दिनुहोस्