काठमाडौं । चोभारको सडकमा गुडिरहेको गाडीमा आगलागी भएको छ ।
एक निजी कार चोभारबाट काठमाडौंतर्फ आउने क्रममा आगलागी भएको हो । उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आगो निभाउन ट्राफिक प्रहरी त्यसतर्फ गएको छ । आगो निभाउन प्रत्यक्षदर्शीले पनि सहयोग गरिरहेको उनले बताए ।
गाडी नम्बर, कम्पनी र त्यसका धनीको नाम हालसम्म खुलेको छैन ।




प्रतिक्रिया दिनुहोस्