सांसद शाहीको अभिव्यक्तिप्रति जापानस्थित रास्वपाको आपत्ति

जापानस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभागले सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।  उक्त विभागले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै शाहीको अभिव्यक्तिले लोकतान्त्रिक अधिकार प्रयोग गर्ने नागरिक तथा रास्वपाका समर्थकको सम्मानमा आँच पुगेको बताएको छ। 

सांसद शाहीले फेसबुक लाइभ तथा अन्य सामाजिक सञ्जालमार्फत  अपमानजनक, असंयमित र लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको जनाउँदै जिम्मेवार जनप्रतिनिधिबाट यस्तो अभिव्यक्ति आउनु राजनीतिक मर्यादा र सार्वजनिक पदको गरिमाअनुकूल नभएको विभागको भनाइ छ। 

प्रेस विज्ञप्तिमा सांसद शाहीलाई आफ्ना अभिव्यक्तिको आत्मसमीक्षा गर्दै सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरिएको छ। साथै, उचित सम्बोधन र क्षमायाचना नभए लोकतान्त्रिक, संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार आवश्यक कदम चालिने चेतावनी पनि दिइएको छ। 

विज्ञप्तिमा प्रवास नेपाली सम्पर्क विभाग, जापानका अध्यक्ष दीपक केसी र सह–सचिव फणिन्द्र शर्मा सुवेदीको हस्ताक्षर रहेको छ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार