विष्णु पौडेल जोडिएको मुद्दामा यी १० कम्पनीको सम्पत्ति जफत गर्न माग

एमाले उपाध्यक्ष विष्णु पौडेलसहित १६ प्रतिवादीविरुद्ध आज (बिहीबार) सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको छ। 

सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानपछि विशेष सरकारी वकिलको कार्यालय काठमाडौँले पौडेलसहित ६ व्यक्ति र १० कम्पनीविरुद्ध पूरक अभियोग दर्ता गरेको हो।

अभियोगपत्रअनुसार कम्पनीतर्फ इन्फिनिटी होल्डिङ्स, हिमालयन एसेस्ट म्यानेजमेन्ट, फेवा डेभलपर्स, बेगनास डेभलपर्स, रिजेन्ट कोर्ट, अल्फा डेभलपर्स, श्रीनगर डेभलपर्स, डेल्टा डेभलपर्स, लेखनाथ डेभलपर्स र कान्तिपुरी डेभलपर्सलाई सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी बनाइएको छ। 

त्यस्तै व्यक्तितर्फ दीपक भट्ट, ऋषिराज मोर (सम्पत्ति जफत प्रयोजनार्थ), शुलभ अग्रवाल (सम्पत्ति जफत प्रयोजनार्थ), शुभी अग्रवाल, उपेश बस्नेत र विष्णु पौडेललाई प्रतिवादी बनाइएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार