दिउँसो १ बजे उद्घाटन सत्र शुरू हुने भनिए पनि करिब २ घण्टा ढिलो गरी कार्यक्रम शुरू भएको हो ।
महाधिवेशनको उद्घाटनसत्रमा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू भरतपुर पुगेका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रम स्थलमा पुगिसकेका छन् ।
यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत चितवन पुगिसकेका जनाइएको छ ।
तस्वीरहरू :

















प्रतिक्रिया दिनुहोस्