कक्षा १२ को नतिजामा भएको त्रुटिप्रति अनेरास्ववियुको आपत्ति, छानबिन र दोषीमाथि कारबाही गर्न माग

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै सार्वजनिक गरिएको कक्षा १२ को नतिजामा गम्भीर त्रुटि देखिएको भन्दै ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष दीपक धामीले एक विज्ञप्ति जारी गर्दै नतिजा प्रकाशनमा देखिएका प्राविधिक तथा अन्य त्रुटिहरू र रिटोटलिङ प्रक्रियामा विद्यार्थीहरूले भोग्नुपरेको झन्झटिलो अवस्थाप्रति आपत्ति जनाएको हो ।

परीक्षाको नतिजा विद्यार्थीहरूको शैक्षिक भविष्यसँग प्रत्यक्ष जोडिने संवेदनशील विषय भएकोले बोर्डको लापरबाहीले विद्यार्थीहरूमा मानसिक तनाव र भविष्यप्रति असुरक्षा सिर्जना गरेको धामीले बनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी समुदायको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकारलाई खुसी पार्ने नाममा गरिएको यस प्रकारको गम्भीर लापरबाहीप्रति अनेरास्ववियु खेद प्रकट गर्दछ ।’

नतिजासम्बन्धी गुनासोहरूको यथाशीघ्र छानबिन गरी आवश्यक सुधार गर्न राष्ट्रिय परीक्षा बोर्डसँग अखिलको माग छ । साथै, रिटोटलिङ प्रक्रियालाई थप सरल, पारदर्शी र सहुलीयतपूर्ण बनाउन समेत जोड दिइएको छ ।

विद्यार्थीका गुनासोहरूलाई गम्भीरतापूर्वक सम्बोधन नगरे र लापरबाहीमा संलग्नहरूमाथि निष्पक्ष छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन र आउँदा दिनमा यस्ता किसिमका लापरबाही नदोहोर्‍याउन सचेत गराइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार