अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुरकञ्चनपुरको भीमदत्त नगरपालिकाले बढ्दो गर्मीलाई मध्यनजर गर्दै नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा १२ दिन बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार असार ८ गतेदेखि १९ गतेसम्म गर्मी तथा वर्षे बिदा एकमुष्ट रूपमा समायोजन गरी विद्यालय बन्द रहनेछन्। यस अवधिको बिदा विद्यालयको वार्षिक लामो बिदाबाट कट्टा गरिने व्यवस्था गरिएको छ।

हालका दिनमा तापक्रम अस्वाभाविक रूपमा बढ्दै जाँदा विद्यार्थीको दैनिक आवतजावत र पठनपाठन प्रभावित हुन थालेको भन्दै बालबालिकाको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकतामा राखेर निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार मौसम अनुकूल बनेपछि पूर्वनिर्धारित शैक्षिक तालिकाअनुसार विद्यालय सञ्चालन गरिनेछ। विद्यालय व्यवस्थापन तथा अभिभावकलाई पनि विद्यार्थीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरिएको छ। 


कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार