चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा रास्वपाले महाधिवेशनको उद्घाटन सत्र गर्ने तय भएको छ ।
रातभरको बर्षात्ले महाधिवेशनस्थलमा पानी जमेपछि आइतबार बिहानै मोटर लगाएर पानी हटाइएको थियो ।
अहिले सुक्खा बनाइएको उक्त चौरमा बालुवा र माटो हालेर तयार पारिँदैछ ।
महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ ।
महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
महाधिवेशनमा सहभागी हुन देशभरबाट रास्वपाका नेता/कार्यकर्ता चितवन पुगेका छन् ।




प्रतिक्रिया दिनुहोस्