इरानले भन्यो– युद्धविरामका सर्त उल्लंघन भयो, होर्मुज स्ट्रेट बन्द गर्दैछौं

अमेरिकासँग युद्धविराम सहमति गरेको इरानले फेरि होर्मुज स्ट्रेट बन्द गर्ने घोषणा गरेको छ । इरानको युद्ध हेर्ने निकाय आतम अल अम्बिया मुख्यालयले होर्मुज स्ट्रेट जहाजहरूका लागि पुन बन्द गर्न लागेको बताएको हो ।

बीबीसीका अनुसार अल अम्बिया मुख्यालयले अमेरिकासँग भएको युद्धविराम सम्झौताका सर्तहरू उल्लंघन भएकाले होर्मुज स्ट्रेट फेरि बन्द गर्नुपरेको बताएको छ । उसले इजरायलले दक्षिणी लेबनानमा लगातार हमला गरेर क्रूर नरसंहार गरेको आरोप  लगाएको छ ।

यस्तै इरानी रिभोल्युसनरी गार्ड कर्प्स(आईआरजीसी)ले होर्मुज स्ट्रेट भएर आवतजावत गर्ने सबै जहाजका लागि बाटो बन्द गरेको घोषणा गरेको छ । उसले पनि अमेरिका र इजरायलले युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाएको छ ।

उता अमेरिकी उपराष्ट्रपति जेडी भान्सले होर्मुज स्ट्रेट बन्द भएको कुरा अफवाह रहेको दाबी गरेका छन् । उनले फोक्स न्युजसँग कुरा गर्दै होर्मुज पूर्ण रूपमा खुला रहेको दाबी गरे ।

उक्त कुराकानीमा उनले इरानले होर्मुज स्ट्रेट बन्द गरेको कुनै प्रमाण फेला नपरेको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार