पार्टीलाई नयाँ दिशामा अघि बढाउन आइटी फौज तयार गर्दै प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’ निर्माण गर्ने बताएका छन् ।  

शुक्रबार काठमाडौंमा आयोजित नेकपाको डिजिटल सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले पार्टी संगठन विस्तारका लागि डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भइसकेको भन्दै नयाँ आवश्यकतासँग लड्न सक्ने बनाउन आईटी आर्मी चाहिएको बताए ।  

उनले भने,‘हाम्रो पार्टी अहिले नयाँ सिराबाट अगाडि बढ्न खोजिरहेको छ । सबैले सोच्ने बेला पनि भएको छ । अहिले सदन, सडक र सरकारका सबै मोर्चाबाट संघर्ष गर्ने मुडमा छौं । आइटी प्रयोग गर्ने सन्दर्भमा आइटी सेना वा एउटा बिशाल आइटी फौज तयार गर्नुपर्ने नै भयो । पार्टीलाई सुदृढ, विस्तार गर्ने र नयाँ आवश्यकतासँग लड्न सक्ने बनाउनको लागि विशाल आइटी आर्मी चाहियो । यो कम्युनिष्टहरुले मात्रै सक्ने कुरा हो । लाखौं जनतालाई गोलबद्ध गरेर त्यस्तो फौज तयार पार्ने कुरा कम्युनिष्ट र देशलाई माया गर्ने पक्षधरहरु नै गर्न सक्ने कुरा हो ।’  

उननले डिजिटल क्षेत्रमा लगानी कम भएको भन्दै चुनावी खर्चसँग तुलना गर्दै असन्तुष्टि पनि व्यक्त गरे।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार