हर्कराजले मागे महावीरसँग अबण्डा १० करोड रकम

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य हर्कराज राईले विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनसँग धरानका विभिन्न योजना सम्पन्न गर्न रकम माग गरेका छन् । 

सांसद राईले विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्रालयलाई शुक्रबार पत्र लेख्दै धरान उपमहानगरपालिका वडा नं। १७ फोकल्याण्डमा प्रदेश स्तरीय  नास्ट नेशनल एकेडेमी अफ साइन्स टेक्नोलोजी भवन निर्माण गर्न बजेट नरहेको भन्दै निर्माणाधीन भवनका लागि कम्तीमा १० करोड या सम्पन्न हुने गरी अबण्डा बजेटबाट उपलब्ध गराउन माग गरेका हुन् । 

साथै उनले यही आर्थिक वर्षमा काम हुने गरी धरान आविष्कार/प्रवर्तन केन्द्र (पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस भित्र रहेको) लाई आवश्यक उपकरणहरू खरिद गर्न तथा धरान–२० वडा कार्यालय छेउ नमुना ध्ष्लमतगचदष्लभ स्थापना गरी बिजुली निकाल्न आवश्यक बजेट विनियोजन गर्न माग गरेका हुन् । विज्ञान, प्रविधि तथा नवप्रर्वत मन्त्री महावीर पुन छन् ।

724424523_1054277120262626_945506934236154960_n

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार