ओली–प्रचण्ड स्टाइलमा महाधिवेशन गर्दै रवि–बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा सभापति पदमा सहमति हुने र अन्य पदमा भने निर्वाचन हुन सक्ने संकेत देखिएको छ ।

पार्टीका नेताहरूका अनुसार सभापति रवि लामिछानेको विकल्प नरहेको भन्दै उनलाई सर्वसम्मत रूपमा चयन गर्ने तयारी छ ।

यद्यपि, केन्द्रीय सदस्य तथा केही पदाधिकारी पदमा प्रतिस्पर्धा हुन सक्ने सम्भावना रहेको नेताहरू बताउँछन् ।

लामिछानेले भने महाधिवेशनलाई एकता र सहमतिको सन्देश दिने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखेका छन् ।

हालैको सचिवालय बैठकमा उनले विभिन्न पक्ष र समूहलाई समेट्दै संगठनलाई थप एकताबद्ध बनाउने गरी नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका थिए ।

चुनावअघि पार्टीमा जोडिएका विभिन्न समूहलाई समेट्नुपर्ने भएकाले पनि सहमतिमार्फत नेतृत्व चयन गर्नुपर्ने दबाब रहेको नेताहरूको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार