स्विट्जरल्यान्डमा हुने भनिएको अमेरिका–इरान शान्ति सम्झौता हस्ताक्षर समारोह रद्द

५ असार, काठमाडौं । अमेरिका–इरानबीच हुने भनिएको बहुप्रतीक्षित शान्ति सम्झौता स्थगित भएको छ । स्वीट्जरल्यान्डमा आज (शुक्रबार) हुने भनिएको शान्ति सम्झौता समारोह अनितम समयमा स्थगित भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘सीएनएन–न्युज १८’ ले समारोहमा सहभागी हुन कुनै पनि उच्चस्तरीय अमेरिकी वा इरानी अधिकारी स्वीट्जरल्यान्ड नजाने जनाएको छ ।

‘सीएनएन–न्युज १८’ ले कूटनीतिक स्रोतको हवाला दिँदै अब प्रक्रिया औपचारिक हस्ताक्षरभन्दा प्राविधिक तहका लामो वार्तातर्फ मोडिएको जनाएको छ ।

अमेरिका, इरान, कतार र पाकिस्तानका अग्रिम टोलीहरू हाल स्वीट्जरल्यान्डका ब्युर्गेनस्टक र ज्युरिखमा रहेर वार्ताको नयाँ ढाँचा व्यवस्थापन गरिरहेका छन् ।

स्रोतहरूका अनुसार सम्झौताका बाँकी जटिल तथा प्राविधिक विषयमा सहमति जुटाउन आगामी ६० दिनसम्म विभिन्न चरणमा प्राविधिक वार्ता सञ्चालन हुनेछ ।

ती छलफलहरूमा सम्झौताका सूक्ष्म तथा बाँकी रहेका विषयहरू टुंग्याउने प्रयास गरिने बताइएको छ ।

शान्ति सम्झौताका लागि गरिएको तयारीमा भएको अप्रत्याशित परिवर्तनले पाकिस्तानको आधिकारिक भ्रमण तालिकामा पनि असर पारेको समाचारमा उल्लेख छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले स्वीट्जरल्यान्ड भ्रमण रद्द गरेका छन् ।

समाचारमा भनिएको छ, ‘समझदारीपत्र (एमओयू) सम्बन्धी मुख्य एजेन्डा सफलतापूर्वक सम्पन्न भइसकेकाले शरिफको भ्रमण आवश्यक नरहेको निष्कर्ष निकालिएको हो ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार