विराटनगर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि फर्काइयो काठमाडौं

काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएपछि पुन: काठमाडौं नै फर्काइएको छ।

बिहीबार दिउँसो १ बजेतिर काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ७०७ मा प्राविधिक समस्या देखिएपछि जहाज पुन: काठमाडौं नै फर्काइएको हो।

जहाज उडानको क्रममा प्राविधिक समस्या देखिएपछि सुरक्षा सतकर्ता अपनाउँदै जहाजलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए।

उनका अनुसार यात्रुहरूको सुरक्षालाई ध्यानमा राखेर विमान फर्काइएको हो। अहिले उक्त जहाजको यात्रुलाई अर्को जहाजमा राखेर पठाइसकिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार