मेनपावरहरूसँग विदेश पठाइएका कामदारको विवरण माग

काठमाडौं । सरकारले मेनपावरहरूसँग कामदार विदेश पठाएका कामदारहरूको नामनामेसी मागेको छ ।

वैदेशिक रोजगार विभागले पत्राचार गर्दै २०८२ चैत १ देखि हालसम्मको विवरण अनिवार्य रूपमा बुझाउन भनेको हो ।

वैदेशिक रोजगार ऐनमा रहेको विदेश कामदार पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गरी पठाउनुपर्ने कानूनी व्यवस्था स्मरण गराउँदै विभागले सो अवधिमा पठाइएकाहरूकव विवरण मागेको हो ।

संस्थागत श्रम स्वीकृति प्राप्त गरी कति कामदार, कुन-कुन मितिमा, कुन विमानस्थल प्रयोग गरेर कुन गन्तव्य मुलुकमा पठाइएको हो सो को विवरण विभागले मागेको छ । नाम, राहदानी नम्बर, श्रम स्वीकृति प्राप्त मिति, गन्तव्य मुलुक, उडान भएको मिति र प्रयोग गरिएको विमानस्थल खुल्ने गरी तोकिएको ढाँचामा विवरण उपलब्ध गराउन विभागको निर्देशन छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार