रास्वपा नेतामाथिको आक्रमणबारे बोले एमालेका सांसद ऐन महर


काठमाडौं । नेकपा (एमाले)का मुख्य सचेतक ऐनबहादुर महरले कैलालीमा भएको सांघातिक आक्रमणको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार (असार २) प्रतिनिधिसभा बैठकमा सांसद महरले उक्त घटनाबारे सदनलाई जानकारी गराएका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शैलेश सिंहमाथि धनगढीमा भएको सांघातिक आक्रमणको घटनाप्रति आपत्ति जनाए । रास्वपा सुदूरपश्चिम प्रदेशको अधिवेशनबाट घर फर्कने क्रममा सोमबार (असार १० राति सात–आठजनाको समूहले सिंहमाथि योजनाबद्ध रूपमा आक्रमण गरेको उनले जानकारी दिए ।

आक्रमणकारीले सिंहलाई घाइते बनाउनुका साथै उनको साथमा रहेको ल्यापटप, मोबाइल, घडी र सुनको सिक्री समेत लुटेको सांसद महरले बताए ।

सांसद महरले मुलुकमा अराजकता र दण्डहीनता बढेको भन्दै चिन्ता व्यक्त गरे । आफ्नै पार्टी सरकारको नेतृत्वमा रहेको अवस्थामा समेत जिम्मेवार नेतामाथि आक्रमण हुनुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउन सकिने उनको भनाइ छ ।

उनले घाइते सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गरे । आक्रमणमा संलग्न दोषी तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन उनले गृह मन्त्रालयको ध्यानाकर्षण गराए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार