कैफियत नभेटिएपछि मुस्ताङमा नियन्त्रणमा लिइएका ७७५ विद्युतीय सवारीसाधन फुकुवा

काठमाडाैं। मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका बिवाइडी कम्पनीका चाइनिज विद्युतीय सवारी साधनहरूलाई फुकुवा गरिएको छ।

सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिएका ती सवारीसाधनहरू आइतबार साँझदेखि केन्द्रीय निर्देशनअनुसार सम्बन्धित पक्षको जिम्मा लगाउँदै फुकुवा गरेको हो।

मुस्ताङको उत्तरी कोरलानाका हुँदै गत जेठको दोस्रो र तेस्रो हप्तामा साइमन ईंकले खरिद गरी नेपाल भित्र्याएका ७७५ विद्युतीय सवारी साधनमध्ये ६४९ वटाको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरिसकेको थियो।

तर, पैठारी प्रक्रियामा कैफियत हुन सक्ने आशंकामा सशस्त्र प्रहरीले मुस्ताङको जोमसोममा २६६, कोरलानाकामा ३९४, कास्कीको हेमजामा ९८ र पर्वतको कुश्मामा १७ वटा सवारीसाधन नियन्त्रणमा लिएको थियो।

ती सवारीसाधनमा कैफियत रहे/नरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभागको मूल्यांकन शाखा प्रमुख भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

उक्त टोलीले गत जेठ २१ मा विभिन्न स्थानमा पुगेर गरेको स्थलगत अनुगमन तथा अनुसन्धानका क्रममा ती सवारीसाधनमा कुनै कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालेको थियो। छानबिन समितिले कैफियत नदेखेपछि सशस्त्र प्रहरीले सवारीसाधन फुकुवा गरेको हो र अहिले ती साधनहरू आ-आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन्।

सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्म जोमसोमका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीका अनुसार, जोमसोम बसपार्कमा राखिएका २६६ सवारीसाधनमध्ये आइतबार र सोमबार गरेर २२३ वटा गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् भने अब त्यहाँ ४३ वटा मात्र बाँकी रहेका छन्।

यसैगरी, कोरलानाकामा रहेका सवारीसाधनमध्ये भन्सार जाँचपास भइसकेकाहरू क्रमशः गन्तव्यतर्फ लैजाने क्रम सुरु भएको छ र जाँचपास हुन बाँकी रहेका साधनहरूलाई पनि आवश्यक भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ लैजान अब कुनै समस्या नरहेको सशस्त्र प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार