प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सदनमा आएर प्रधानमन्त्रीले आफ्नो विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने चेतावनी दिएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रमेश हमालले प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्‍याए ।

अहिले नेकपासहित विपक्षी दलका सांसदहरूले बैठकको सुरुमा उठेर आफ्नो कुरा राखेर बैठक चल्न दिने गरेको छ । तर, प्रधानमन्त्री नआए आन्दोलनको स्वरूप फेर्ने चेतावनी दिएका हो ।

उनले भने, ‘हामीले भनिरहेका छौँ यो संसद्को रेकर्डबाट, अभिलेखबाट यो शब्द हटाइयोस् । यतिका दिन भइसक्यो तर प्रतिफल अपेक्षित आएको छैन । त्यसैले गर्दाखेरि हामीले विरोध जारी राख्नुपरेको छ । हामीले विरोधको यो रूप यसैगरी गर्नुपर्ने हो कि परिवर्तन गर्नुपर्ने हो, सभामुखले यथाशीघ्र रुलिङ गर्नुपर्छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार