सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिएका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनीहरूले अर्बौंको लगानीमा निर्मित विमानस्थलको उपयोग बढाउने कार्ययोजनाका साथ सम्बन्धित निकायहरू लाग्नुपर्ने सुझाव पनि दिए।
समितिका केही सदस्यले दुवै विमानस्थल किन पूर्ण रूपमा सञ्चालन भएन भन्नेबारेमा पनि छानबिन हुनुपर्ने बताए।
समिति सदस्यहरू जगदीश खरेल, डा अर्जुन कार्की, गणेश कार्की, गणेशबहादुर विश्वकर्मा, तौफिक अहमद खान, रेनुका काउचा, राम लामा, प्रशान्त उप्रेती, अनुष्का श्रेष्ठले विमानस्थल सञ्चालन नभएकामा चिन्ता व्यक्त गरेका थिए।
समिति सभापति सुम्निमा उदासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यस्तता कम गर्न पनि दुवै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने बताए।




प्रतिक्रिया दिनुहोस्