विद्यार्थीका मोबाइल नष्ट गर्ने पात्रहरूबारे सोच्नपर्छ : सांसद यादव

नेकपाका सांसद जोगकुमार बरबरिया यादवले सिराहामा एसईईका परीक्षार्थीहरूका मोबाइल नष्ट गर्नेहरूलाई कारबाही गरन् माग गरेका छन् । उनले मोबाइल र घडी नष्ट गर्ने काम बुद्धिमानी हो र भन्दै प्रश्न पनि गरे ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले मोबाइल र घडी नष्ट गर्ने पात्रबारेमा सोच्नुपर्ने बताए । 

‘भर्खरै सिराहा जिल्लामा परीक्षामा ४९६ मोबाइल र घडी नष्ट गरिएको छ । नष्ट गर्ने बुद्धिमानीको काम हो कि के हो ? त्यो पात्रलाई के गर्नुपर्छ ? देशको अर्थस्थिति डामाडोल छ । यस्तो अवस्थामा करोडौँको मोबाइल नष्ट गरेको छ । त्यो पात्रलाई अलि सोच्नुपर्छ,’ उनले भने । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार