सत्तापक्षकै सांसदको शंका– बजेट कार्यान्वयन हुने विश्वास छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयन हुनेमा आफूलाई विश्वास नभएको बताएका छन् ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै सिंहले बजेटलाई ‘फुकिएको बेलुन’को संज्ञा दिँदै जीडीपीको ३२–३३ प्रतिशत बराबरको बजेट व्यवहारिक नभएको टिप्पणी गरे ।

उनले व्यंग्य गर्दै भने, ‘यदि यो बजेट पूर्णरूपमा कार्यान्वयन भयो भने भोलिपल्टै नेपाल सिंगापुर, जापान वा दुबई बन्छ ।’

उनले बोलिरहेकै बेला समय सकिएपछि माइक बन्द गरिएको थियो ।

त्यसपछि उनी रोष्ट्रमबाट आफ्नो सिटमा फर्किएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार