श्रम संस्कृति पार्टीले बुधबारको प्रतिनिधिसभाको बैठक पनि अवरोध गरेको छ । सभामुख डीपी आर्यालले बुधबारको सदनको कारबाही अघि बढाउनेबित्तिक्कै सो पार्टीका सांसदहरूले उठेर विरोध गरेका थिए ।
सभामुख अर्यालले समय दिएपछि श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति उनले आफैँ सच्याउनुपर्ने बताए ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले परराष्ट्रमन्त्री शिशिर खनाल बोल्ने कुरामा आफूहरूको सहमति नरहेको बताए ।
‘त्यसमा सहमति छैन । जुन निर्णयप्रति विरोध गर्छौं । प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउन खोजेको हो,’ उनले भने ।
प्रधानमन्त्रीको भनाइ अरुले सच्याउने कुरा मान्य नहुने उनले बताए । प्रधानमन्त्री नआए हस्ताक्षर गरी पठाएको लिखत परराष्ट्रमन्त्रीले पढ्दा हुने कुरा आफूले अघिल्लो बैठकमा राखेको र सोही कुरा गर्दा हुने उनले बताए ।




प्रतिक्रिया दिनुहोस्