दरबार हत्याकाण्ड पुन: छानबिन गर्ने सरकारको निर्णय स्वागतयोग्य: राजा वीरेन्द्र शान्ति प्रतिष्ठान

काठमाडौं । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले त्यसको स्वागत गरेको छ।

प्रतिष्ठानले बुधबार एक वक्तव्य प्रकाशित गर्दै मंगलबार मन्त्रालयको कार्यभार सम्हाल्दै गृहमन्त्री सूधन गुरुङले गरेको सो निर्णयप्रति आभार प्रकट गर्दै स्वागत गरेको हो।

​प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल र महासचिव रञ्जित धमलाद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा भनिएको छ, ूप्रतिष्ठानले स्थापनाकालदेखि नै दरबार हत्याकाण्डको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गर्दै आएको सन्दर्भमा गृहमन्त्री गुरुङले सरकारी पक्षबाट यस्तो निर्णय गर्नु प्रतिष्ठानका लागि गौरवको विषय हो।ू

​लामो समयपछि भए पनि इतिहासको यो गम्भीर र संवेदनशील कालखण्डको पुनरावलोकन गरी वास्तविक दोषी र षड्यन्त्रको पर्दाफास गर्ने उद्देश्यका साथ चालिएको यो कदम अत्यन्तै साहसिक, सराहनीय र स्वागतयोग्य रहेको वक्तव्यमा उल्लेख छ। यस निर्णयले विधिको शासन, न्याय र इतिहासप्रतिको उत्तरदायित्वलाई बलियो बनाउने विश्वास प्रतिष्ठानले लिएको छ।

​गृहमन्त्री गुरुङले २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डको सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदनको अध्ययन गरी थप छानबिनको प्रक्रिया अघि बढाउने निर्णय गरेका थिए। प्रतिष्ठानले सो निर्णयको स्वागत गर्दै नयाँ छानबिन आयोग गठन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग विशेष आग्रह समेत गरेको छ।


​वक्तव्यमा अगाडि भनिएको छ, ूइतिहासको सत्यलाई धेरै समयसम्म लुकाउन सकिँदैन। यो पुन: छानबिनले राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर, कुनै पनि बाह्य वा आन्तरिक प्रभावमा नपरी, पूर्ण निष्पक्ष र वैज्ञानिक ढंगले सत्य तथ्य नागरिकसामु ल्याउनेछ भन्नेमा हामी पूर्ण रूपमा आशावादी छौँ ।


​प्रतिष्ठानले यो ऐतिहासिक न्याय निरूपणको महाअभियानमा आफ्नो तर्फबाट आवश्यक पर्न सक्ने सकारात्मक सहयोग र ऐक्यबद्धता सधैँ रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार