संसद्‍ अवरोध खुलाउन विपक्षीसँग छलफलमा रवि लामिछाने

२७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा बसिरहेको छ ।

संसद्को कार्यव्यवस्थाको हलमा अहिले बैठक बसिरहेको छ । सदनमा प्रतिनिधित्व गर्ने सबै दलका नेता र प्रमुख सचेतकहरू बैठकमा सहभागी छन् ।

प्रधानमन्त्री बालेन शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर सदन अवरुद्ध गर्दै आइरहेका छन् ।

छलफलमा नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बे, नेकपा एमालेका रामबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन लगायतका नेताहरू सहभागी छन् ।

यसअघि २५ जेठमा पनि लामिछानेले रास्वपा नेतृत्वको सरकारको कामकारबाही र भारत भ्रमणका बारेमा विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार