प्रधानमन्त्रीलाई कांग्रेस नेता केसीको सुझाव : इतिहास अध्ययन गर्नुस्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाहलाई इतिहासको अध्ययन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत यावत समस्याहरू ३५ वर्षयताको हुन् भनि उल्लेख गरेकोप्रति आपत्ति जनाउँदै इतिहासको अध्ययन गरेर टिप्पणी गर्न सचेत गराएका हुन् । 

मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता केसीले प्रधानमन्त्री शाहको अभिव्यक्तिको जवाफ भरिया लगाएर दिएर नहुने उल्लेख गरे । प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको आपत्तिजनक अभिव्यक्ति परराष्ट्रमन्त्री वा आफूले दिँदा हुने धारणा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएपछि उनले प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ भरिया लगाएर दिएर नहुने स्पष्ट पारे ।

नेता केसीले प्रधानमन्त्रीले आफनो अभिव्यक्ति सच्याएर अघि बढ्नुपर्ने बताए । उनले भने, “प्रधानमन्त्रीमाथि प्रश्न उठिसकेपछि भरिया लगाएर अर्कोले जवाफ दिएर हुँदैन । तपाईंमाथि प्रश्न उठाएको कुनै प्रतिनिधि राखेर अथवा कोही मान्छेमार्फत जवाफ दिएर हुन्छ ? हुँदैन ।” 

नेता केसीले संसद्लाई सुचारु गराउने जिम्मेवारी सरकारको भएकाले उसले पहल गर्नुपर्ने पनि बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार