आज बसेको मन्त्रिपरिषदका निर्णयहरू!

काठमाण्डु– सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।

याे पनि गृहमन्त्रीमा सुधन गुरुङ र नवप्रवर्तन मन्त्रीमा महावीर नियुक्त, शपथ आजै ३ बजे

भण्डारी नेपाल रेडक्रसका पूर्व कार्यवाहक अध्यक्ष हुन् ।

यस्तै मन्त्रिपरिषद बैठकले निजामती सेवा सोह्रौं संशोधन नियमावली २०८३ स्वीकृत समेत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले पूर्वगृहमन्त्री एवम् प्रतिनिधि सभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय पनि गरेको छ ।

यस्तै तल्लो अरुण जलविद्युत् आयोजना, लोअर न्यादी खोला जलविद्युत् आयोजना, घुन्सा खोला जलविद्युत् आयोजना र तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार