विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछ : सस्मित पोखरेल

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह सदनमा उपस्थित हुँदा विपक्षीसँग सोध्ने प्रश्न नै देखिएको तर्क गरेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले सोचेभन्दा कम प्रश्न प्रधानमन्त्री सदनमा जाँदा आएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीलाई अप्ठ्यारो हुने भएको भए त सुरूमै जानुहुन्थेन नि ! उहाँ प्रस्तुत हुँदा सोध्ने प्रश्नहरू नै रहेनछन् । एकदमै कम प्रश्नहरू आए, जति हामीले सोचेका थियौँ, जति प्रधानमन्त्रीले प्रश्नहरू आउँछ भनेर सोच्नुभएको थियो, त्यो हिसाबको प्रश्न नै थिएन ।’

उनले फेरि आवश्यकता अनुसार प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्ने बताए ।

उनले थपे, ‘मैले योभन्दा अगाडि पनि भनेको थिएँ, यदि आवश्यक पर्‍यो भने प्रधानमन्त्रीज्यूले सदनमा सम्बोधन गर्नुहुन्छ । उहाँलाई अप्ठ्यारो छैन भन्ने कुरा त अस्तिको सम्बोधनबाट पनि देखिहाल्यो नि !’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार