रवि लामिछानेलाई एमालेको प्रश्न– प्रधानमन्त्रीको अभिव्यक्ति र तपाईंको भारत भ्रमणबीच तादम्यता थियो ?

प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकाे हालैको भारत भ्रमण र प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिबीच तादम्यता थियो वा थिएन भन्ने प्रश्न उठाएको छ ।

सिंहदरबारमा सोमबार बसेको सर्वदलीय बैठकमा आफ्नो पार्टीको तर्फबाट राखिएको एमाले प्रमुख सचेतक ऐन महरले जानकारी दिए । 

बैठकमा रास्वपा सभापति लामिछानेले आफ्नो भ्रमणबारे जानकारी गराएका थिए । ‘प्रधानमन्त्रीको स्टेटमेन्ट र तपाईंको भारत भ्रमणबीच तादम्यता थियो कि थिएन ? यस्ता विषय उठे कि उठेनन् ? भनेर हामीले कुरा राख्यौँ,’ महरले भने ।

उनले लामिछानेको भारत भ्रमणको समयमा पनि धनगढीमा भारतबाट सीमा मिच्ने काम भएको बताए । ‘अहिले पनि भारतले सीमा मिचिरहेका छन् । उहाँ भारत भ्रमणमा हुँदा पनि मिचिएको छ । यसका बारेमा छलफल भयो कि भएन भनेर सोध्यौँ,’ उनले भने ।

त्यस्तै, एमालेले नेपाल भारतबीच सन्धि सम्झौतादेखि सम्बन्धको सबै पक्षमा छलफल गर्न गठित विज्ञ सम्मिलित ‘प्रबुद्ध व्यक्ति समूह’ (ईपीजी)को प्रतिवेदनको विषय पनि उठाएको छ ।

एमालेका प्रमुख सचेतक महरले भने, ‘भारत भ्रमणका क्रममा ईपीजीको विषय उठ्यो कि उठेन ?’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार