वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब एक महिना लामो बिदापछि सर्वोच्च अदालतमा फर्केकी छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्माले पदभार ग्रहण गर्नुअघि कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा रहेकी मल्ल ५ जेठ देखि बिदामा बसेकी थिइन् ।
उनको एकल इजलासमा ७ वटा पेसी तोकिएको छ भने न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा १ सय ६६ वटा पेसी तोकिएको छ ।
वरिष्ठताको रोलक्रम मिचेर चौथो नम्बरमा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि मल्ल असन्तुष्ट थिइन् ।




प्रतिक्रिया दिनुहोस्