रास्वपालाई परिपक्व व्यवहार देखाउन राप्रपाको सुझाव

२५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको नेतृत्व दल रास्वपालाई परिपक्व व्यवहार देखाउन सुझाव दिएको छ । आज रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा राप्रपाले सो सुझाव दिएको हो ।

बैठकबाट निस्किएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरुलाई भने, ‘वैदेशिक सम्बन्धका सवालमा अपरिपक्व व्यवहारहरु देखाउनु भएन । देश जित्नेको मात्र होइन, हार्नेको पनि हो । र, यो सरकारले गर्ने गलत क्रियाकलापाको सिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ । त्यसकारणले अलिकति परिपक्व व्यवहारहरु गरियोस् ।’

प्रधानमन्त्री बालेन शाहले संसदमा सीमा सम्बन्धमा दिएको मन्तव्य र रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणका बेला ‘हामीले विगतको भारी बोक्दैनौं भनेर’ दिएको अभिव्यक्ति अपरिपक्व भएको राप्रपाको ठहर छ ।

यसले धेरै अर्थ राख्ने बताउँदै अध्यक्ष लिङ्देनले वैदेशिक सम्बन्धको विषयमा संवेदनशील हुन रास्वपालाई सुझाव दिए ।

भारत भ्रमणबाट फर्किएपछि रास्वपा सभापति लामिछानेले  सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका थिए । लामिछानेले भारत भ्रमणमा कुराकानी भएका विषय र सरकारका लागि सुझाव संकलन गर्ने उद्देश्यले बैठक बोलाएको जानकारी सहभागीहरुलाई गराएका थिए ।

२१ फागुनको निर्वाचनमा झण्डै दुई तिहाइ बहुमतसहित सरकारको चलाइरहेको रास्वपाले सर्वदलीय बैठक बोलाएको यो पहिलोपटक हो । बैठक जारी नै छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार