६ खेलाडीले ज्यान गुमाएको सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन

२४ जेठ, काठमाडौं । २०८१ असोजमा मकवानपुरको सिस्नेरीमा पहिरोका कारण ६ खेलाडीले ज्यान गुमाएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुधन बस्नेतको संयोजकत्वमा ५ सदस्यीय छानबिन उपसमिति गठन गरेको हो ।

उपसमितिको सदस्यहरूमा कर्मचारी विभाग तथा प्रशासन प्रमुख शारङ्गिन निरौला, कानुन शाखा प्रमुख नारायणराज अर्याल, खेलकुद प्रतियोगिता तथा योजना विभागका विनोदकुमार उप्रेती र शिक्षा तथा खेलकुद मन्त्रालयका एकजना कानुनी अधिकृत छन् । उक्त समितिले २१ दिनभित्र छानबिन सकेर प्रतिवेदन बुझाउने छ । समितिले भोलि (सोमबार)देखि २१ दिनभित्र छानबिनको प्रतिवेदन तयार पारेर राखेपलाई बुझाउनुपर्ने म्यान्डेट पाएको स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

१२ असोज २०८१ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गएको पहिरोका कारण वडा नम्बर ३ स्थित वात्सल्यदेवी विद्यालयमा रहेको एन्फा सिस्नेरी एकेडेमीका ६ किशोर खेलाडीको निधन भएको थियो । एन्फाकै कमजोरीका कारण उक्त घटनामा आफ्ना बच्चाहरू गुमाएको भन्दै आफन्तहरूले आरोप लगाउँदै आएका छन् ।

उक्त घटनामा एकेडेमीका किशोर खेलाडीहरू आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जनको निधन भएको थियो ।

घटनाको छानबिनका लागि ज्यान गुमाएका खेलाडीका आफन्तले खेलकुद मन्त्रालयमा निवेदन दिएका थिए । सोही निवेदनअनुसार शिक्षा तथा खेलकुद मन्त्रालयले राखेपलाई छानबिनका लागि निर्देशन दिएको थियो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार