त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एन्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एन्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्‍याउन तथा लिन आउने सवारीसाधनको आवश्यकतालाई हेरेर ‘पिक एन्ड ड्रप’ गर्दा १५ मिनेटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारले यात्रुको आवश्यकतालाई हेरेर ‘पिक एन्ड ड्रप’को समय बढाइएको जानकारी दिए ।

यसअघि सात मिनेटसम्म ‘पिक एन्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा उक्त समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढाइएको उनले बताए ।

‘परीक्षणका लागि हामीले एक महिना १५ मिनेट ‘पिक एन्ड ड्रप’ गरेको पार्किङ शुल्क नलिने व्यवस्था गरेका छौं, यस व्यवस्थाविपरीत शुल्क लिनेलाई कारबाही गरिनेछ,’ उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार